आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग « Khabarhub

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रममा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न सरकारसँग माग गरेको छ ।

सङ्घले आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीलाई भेटघाट गर्दै बजेट निर्माण गर्दा दलित महिलाका सामाजिक, आर्थिक तथा अधिकारसम्बन्धी सवाललाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

फेडोका महासचिव रेनु सिजापतिले दलित महिलालाई उद्यमी बनाउने उद्देश्यले दीर्घकालीन सीपमूलक तालिम तथा अनुदानको व्यवस्था गर्नुका साथै मन्त्रालयअन्तर्गत सञ्चालन हुने सबै कार्यक्रममा दलित महिला तथा किशोरीको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको बताइन् । 

यसैगरी हिंसामा परेका तथा वैदेशिक रोजगारीबाट फर्किएका महिलाका लागि सुरक्षित आवास र रोजगारीमुखी तालिमको व्यवस्था गर्न आग्रह गरिएको छ । बालविवाह, छुवाछूत, बलात्कार जस्ता हानिकारक अभ्यासविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि फेडोले जोड दिइएको छ ।

‘यसका साथै प्रदेशस्तरमा दलित तथा सीमान्तकृत बालबालिकाको सञ्जाल गठन, नागरिकता वितरणमा सहजता, सेवा सुविधाको अध्ययन तथा अनुगमन र दलित महिलाको तथ्याङ्क सङ्कलन गर्नुपर्ने मागसमेत राखिएको छ’, महासचिव सिजापतिले भनिन्, ‘नीति, बजेट तथा कार्यक्रममा दलित महिलाको सहभागिता अनिवार्य गर्दै लैङ्गिक तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न पनि मन्त्री वादीमार्फत सरकारसँग आग्रह गरेको छौँ ।’

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : ४९ बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई