यसरी तोडेका थिए भगवान श्रीकृष्णले अर्जुनको अहंकार ! « Khabarhub

यसरी तोडेका थिए भगवान श्रीकृष्णले अर्जुनको अहंकार !


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

द्वापर युगमा अर्जुनलाई आफू श्रीकृष्णको परमभक्त भएको घमण्ड चढ्छ । त्यो थाहा पाएपछि अर्जुनको अहंकार तोड्न भगवान श्रीकृष्णले सँगै घुमाउन लग्नुहुन्छ ।

घुम्दै गर्दा एक सुकेको घाँस खाइरहेको एक गरीब ब्राह्मणमा नजर पुग्छ । उनको कम्मरमा तरवार झुण्डिरहेको हुन्छ ।

अर्जुनले उनलाई सोध्छन्, ‘तपाईं त अहिंस्रक ब्राह्मण हुनुहुन्छ । जीव हिंसा होला भनेर सुकेको घाँस खाएर बाँचिरहनुभएको छ । तर हिंसाको उपकरण तरवार किन लिनुभएको त ?’

गरीब ब्राह्मण जवाफ दिन्छन्, ‘म केही मानिसलाई दण्ड दिन चाहन्छु ।’

अर्जुनलाई आश्चर्य लाग्छ र सोध्छन्, ‘तपाईंका शत्रु को हुन् ?’

ब्राह्मण भन्छन्, ‘म चारजनालाई खोजिरहेको छु । पहिलो त म नारदलाई भेट्न चाहन्छु । उनी मेरा प्रभुलाई भजन कीर्तन गरेर सुत्नै दिँदैनन् । दोस्रो, म द्रौपदीप्रति क्रोधित छु । प्रभु खान बस्नै लाग्दा उनले पुकारिन् । प्रभुले भोजन छोडेर पाण्डवहरूलाई दुर्वासा ऋषिको सरापबाट बचाउन जानुपर्‍यो । अनि उनले प्रभुलाई जुठो खाना खुवाइन् ।’

अर्जुनले सोधे, ‘अनि तेस्रा शत्रु को हुन् ?’

‘उनी हुन् हृदयहीन प्रह्लाद । उनले मेरा प्रभुलाई खम्बाबाट प्रकट हुन बाध्य बनाए ।’

‘चौथा शत्रु हुन् अर्जुन । उनले भगवानलाई युद्धमा आफ्नो सारथी बनाए । भगवानको असुविधालाई उनले ध्यान दिएनन् । प्रभुलाई कति कष्ट भयो होला ?’

यति भन्दै गर्दा गरीब ब्राह्मणको आँखाबाट आँसु निस्कियो ।

यो सब सुनेपछि अर्जुनको अहंकार चकनाचुर हुन्छ ।

उनले श्रीकृष्णतर्फ फर्केर भने, ‘म नै तपाईंको परमभक्त हुँ भन्ने घमण्ड थियो । तर संसारमा तपाईंका अनन्य भक्तहरू थुप्रै छन् । म त केही पनि होइन रहेछु ।’

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ०२ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ