यसरी तोडेका थिए भगवान श्रीकृष्णले अर्जुनको अहंकार ! « Khabarhub

यसरी तोडेका थिए भगवान श्रीकृष्णले अर्जुनको अहंकार !


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

द्वापर युगमा अर्जुनलाई आफू श्रीकृष्णको परमभक्त भएको घमण्ड चढ्छ । त्यो थाहा पाएपछि अर्जुनको अहंकार तोड्न भगवान श्रीकृष्णले सँगै घुमाउन लग्नुहुन्छ ।

घुम्दै गर्दा एक सुकेको घाँस खाइरहेको एक गरीब ब्राह्मणमा नजर पुग्छ । उनको कम्मरमा तरवार झुण्डिरहेको हुन्छ ।

अर्जुनले उनलाई सोध्छन्, ‘तपाईं त अहिंस्रक ब्राह्मण हुनुहुन्छ । जीव हिंसा होला भनेर सुकेको घाँस खाएर बाँचिरहनुभएको छ । तर हिंसाको उपकरण तरवार किन लिनुभएको त ?’

गरीब ब्राह्मण जवाफ दिन्छन्, ‘म केही मानिसलाई दण्ड दिन चाहन्छु ।’

अर्जुनलाई आश्चर्य लाग्छ र सोध्छन्, ‘तपाईंका शत्रु को हुन् ?’

ब्राह्मण भन्छन्, ‘म चारजनालाई खोजिरहेको छु । पहिलो त म नारदलाई भेट्न चाहन्छु । उनी मेरा प्रभुलाई भजन कीर्तन गरेर सुत्नै दिँदैनन् । दोस्रो, म द्रौपदीप्रति क्रोधित छु । प्रभु खान बस्नै लाग्दा उनले पुकारिन् । प्रभुले भोजन छोडेर पाण्डवहरूलाई दुर्वासा ऋषिको सरापबाट बचाउन जानुपर्‍यो । अनि उनले प्रभुलाई जुठो खाना खुवाइन् ।’

अर्जुनले सोधे, ‘अनि तेस्रा शत्रु को हुन् ?’

‘उनी हुन् हृदयहीन प्रह्लाद । उनले मेरा प्रभुलाई खम्बाबाट प्रकट हुन बाध्य बनाए ।’

‘चौथा शत्रु हुन् अर्जुन । उनले भगवानलाई युद्धमा आफ्नो सारथी बनाए । भगवानको असुविधालाई उनले ध्यान दिएनन् । प्रभुलाई कति कष्ट भयो होला ?’

यति भन्दै गर्दा गरीब ब्राह्मणको आँखाबाट आँसु निस्कियो ।

यो सब सुनेपछि अर्जुनको अहंकार चकनाचुर हुन्छ ।

उनले श्रीकृष्णतर्फ फर्केर भने, ‘म नै तपाईंको परमभक्त हुँ भन्ने घमण्ड थियो । तर संसारमा तपाईंका अनन्य भक्तहरू थुप्रै छन् । म त केही पनि होइन रहेछु ।’

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ०२ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट