शवसँगै एक हप्तासम्म सुते पति, अन्तिम संस्कार समेत गर्न दिएनन् « Khabarhub

शवसँगै एक हप्तासम्म सुते पति, अन्तिम संस्कार समेत गर्न दिएनन्


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरु भन्ने गर्छन् माया संसारमा सबैभन्दा ठूलो चिज हो । मायामा मानिसहरु जे पनि गर्न तयार हुन्छन् । बेलायतका पनि एक दम्पतिको यस्तै घटना छ ।

माया मानिसको भावना मात्र नभएर एउटा दुनियाँ नै हो । जसले माया बुझ्छ उस्ले जिन्दगी र यो दुनियाभन्दा ठूलो अरु केही ठान्दैन । यस्ता मानिसहरुको पनि कमी छैन, जसले मायाको बारेमा केही थाहा नै छैन वा महसुस नै गरेका हुँदैनन् ।

इंग्ल्यान्डमा एक व्यक्तिले पत्नीको निधन पश्चात अन्तिम सस्कार गर्न दिएनन्  । उनले श्रीमतीको शव बेडरुममा राखे । ती व्यक्तिले शव कोठामा मात्र राखेनन् केही दिन त सँगै पनि सुते ।

उनको नाम रसेल डेविसन हो । उनकी पत्नीलाई क्यान्सर भएको थियो । १० वर्षदेखि क्यान्सरसँग जुधिरहेकी वैडीले अन्तत क्यान्सरसँग हारेकी थिइन् ।

रसेलले वेडीको आखिरी इच्छा आफ्नो सपनाको घरमा सास फेर्ने भएको जनाएका छन् । वेडीको निधनपछि रसेलले १ हप्तासम्म शवलाई आफ्नै बेडरुममा राखे । शवसँगै कुरा गर्दै निदाउने गर्थे रसेल ।

रसेलले यो दुनियालाई चुनौति दिन आफूले यस्तो जोखिम उठाएको बताएका छन् । उनले जसलाई हामी धेरै माया गर्छौ, उसको निधन पश्चात हामीले क्रुर व्यवहार गर्न नहुने बताएका थिए । -एजेन्सी

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : १८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको