बाग्लुङ पुगेर बाढीपीडितलाई राहत बाँडे पलले | Khabarhub Khabarhub

बाग्लुङ पुगेर बाढीपीडितलाई राहत बाँडे पलले


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का बाढीपीडितलाई कलाकार पल शाहले राहत वितरण गरेका छन् ।

पलसँगै गायक तथा मोडल दुर्गेश थापा पनि राहत वितरण गर्न बाग्लुङ पुगेका थिए ।

बाग्लुङ पुगेर दुर्गेश र पलले खाद्यान्न, सिरक–डसना र नगद रुपैयाँ ५० हजार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र वडा नम्बर ८ र ९ का वडाध्यक्षहरुलाई राहत वितरण गरेका हुन् ।

पलले सामाजिक सञ्जालमार्फत आफूहरुले बाढीपीडितका लागि राहत वितरण गरेको बताएका छन् ।

बाढी प्रभावित भएको स्थानसम्म जान निकै असहज भएकाले जनप्रतिनिधिलाई राहत बुझाइएको पलले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

पल, दुर्गेश लगायतको टिम मंगलबार बाग्लुङ हिँडेको थियो । पलका अनुसार उनीहरु त्यहाँबाट बाढी प्रभावित क्षेत्रसम्म जाने प्रयासमा छन् ।

पछिल्लो समय कलाकार पल शाह लगातार सामाजिक कार्यमा लागेका छन् । यसअघि उनले चलचित्र प्राविधिकलाई सहयोग गरेका थिए भने कालीकोटका पहिरो पीडितलाई पनि सहयोग हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ११ : ४२ बजे

सहकारी छानबिन समितिले गर्‍यो ऋणीहरूसँग छलफल 

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष

शेयर बजार ५५ अंकले घट्यो, कारोबार साढे ९ अर्ब 

काठमाडौं– सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ५५.८६ अंकले घटेको छ

एन्फा महिला लिगमा वालिङको दोस्रो जित 

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले दोस्रो जित

पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक, को-को परे ?

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न

फिल्म निर्माणमा सलोन, असोज ११ बाट छायांकन थालिने

काठमाडौं- फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । निर्माण पक्षले सोमबार