बाग्लुङ पुगेर बाढीपीडितलाई राहत बाँडे पलले « Khabarhub

बाग्लुङ पुगेर बाढीपीडितलाई राहत बाँडे पलले


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का बाढीपीडितलाई कलाकार पल शाहले राहत वितरण गरेका छन् ।

पलसँगै गायक तथा मोडल दुर्गेश थापा पनि राहत वितरण गर्न बाग्लुङ पुगेका थिए ।

बाग्लुङ पुगेर दुर्गेश र पलले खाद्यान्न, सिरक–डसना र नगद रुपैयाँ ५० हजार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र वडा नम्बर ८ र ९ का वडाध्यक्षहरुलाई राहत वितरण गरेका हुन् ।

पलले सामाजिक सञ्जालमार्फत आफूहरुले बाढीपीडितका लागि राहत वितरण गरेको बताएका छन् ।

बाढी प्रभावित भएको स्थानसम्म जान निकै असहज भएकाले जनप्रतिनिधिलाई राहत बुझाइएको पलले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

पल, दुर्गेश लगायतको टिम मंगलबार बाग्लुङ हिँडेको थियो । पलका अनुसार उनीहरु त्यहाँबाट बाढी प्रभावित क्षेत्रसम्म जाने प्रयासमा छन् ।

पछिल्लो समय कलाकार पल शाह लगातार सामाजिक कार्यमा लागेका छन् । यसअघि उनले चलचित्र प्राविधिकलाई सहयोग गरेका थिए भने कालीकोटका पहिरो पीडितलाई पनि सहयोग हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ११ : ४२ बजे

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई

भोटेकोशी बाढीको २० दिनपछि बालेनले भेटे स्थानीय तहका जनप्रतिनिधि

ठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०