बाग्लुङ पुगेर बाढीपीडितलाई राहत बाँडे पलले « Khabarhub

बाग्लुङ पुगेर बाढीपीडितलाई राहत बाँडे पलले


२६ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का बाढीपीडितलाई कलाकार पल शाहले राहत वितरण गरेका छन् ।

पलसँगै गायक तथा मोडल दुर्गेश थापा पनि राहत वितरण गर्न बाग्लुङ पुगेका थिए ।

बाग्लुङ पुगेर दुर्गेश र पलले खाद्यान्न, सिरक–डसना र नगद रुपैयाँ ५० हजार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र वडा नम्बर ८ र ९ का वडाध्यक्षहरुलाई राहत वितरण गरेका हुन् ।

पलले सामाजिक सञ्जालमार्फत आफूहरुले बाढीपीडितका लागि राहत वितरण गरेको बताएका छन् ।

बाढी प्रभावित भएको स्थानसम्म जान निकै असहज भएकाले जनप्रतिनिधिलाई राहत बुझाइएको पलले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

पल, दुर्गेश लगायतको टिम मंगलबार बाग्लुङ हिँडेको थियो । पलका अनुसार उनीहरु त्यहाँबाट बाढी प्रभावित क्षेत्रसम्म जाने प्रयासमा छन् ।

पछिल्लो समय कलाकार पल शाह लगातार सामाजिक कार्यमा लागेका छन् । यसअघि उनले चलचित्र प्राविधिकलाई सहयोग गरेका थिए भने कालीकोटका पहिरो पीडितलाई पनि सहयोग हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ११ : ४२ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल