कोरोनाभाइरस एन्टीबडी लिएरै जन्मियो बालक « Khabarhub

कोरोनाभाइरस एन्टीबडी लिएरै जन्मियो बालक


२६ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको शेनजेनमा कोरोनाभाइरस एन्टीबडीका साथ बालकको जन्म भएको छ । आमाबाट प्राकृतिक तरिकाले शिशुमा यी एन्टीबडीहरू आएको चिकित्सकहरूको भनाइ छ ।

शेनजेन थर्ड अस्पतालका चिकित्सकले आमा र बच्चामाथि थप अध्ययन गर्ने बताएका छन् ।

गत अप्रिल महिनामा आमामा कोरोना पोजिटिभ देखिएको थियो। तर उनमा कोरोनाको लक्षण देखिएको थिएन । त्यतिखेर उनलाई १० दिनसम्म उपचार गरिएको थियो । बच्चा जन्माएपछि पुनः परीक्षण गर्दा आमा र शिशु दुवै कोरोना नेगेटिभ पाइएको छ ।

महिलाले जेठ १६ गते शिशु जन्माएकी हुन् । उनी शेनजेनबाट हुबेई प्रान्त घुम्न गएको बेला संक्रमित भएकी थिइन् । हुबेईको वुहानबाट नै कोरोना भाइरस फैलिएको थियो।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  १२ : ५२ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा