कोरोना भाइरसबारे अफवाह फैलाउने दुई जना पक्राउ « Khabarhub

कोरोना भाइरसबारे अफवाह फैलाउने दुई जना पक्राउ


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – कोरोना भाइरसका विषयमा अफवाह फैलाएको भन्दै प्रहरीले पोखरामा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, पर्वतको मोदी गाउँपालिका – ७ घर भई कास्कीको पोखरा बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर घर भई पोखरा बस्ने २२ वर्षीय निरज लम्साललाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जिवन श्रेष्ठका अनुसार पीसीआर टेस्टको रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पोस्ट गरेर अफवाह फैलाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।

अहिले दुवै जनाविरुद्ध झुठो अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १२ : ३२ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु