डाइलाइसिस गराउने बिरामीको निःशुल्क कोरोना बीमा गर्दै गौतम बुद्ध मुटु अस्पताल | Khabarhub Khabarhub

डाइलाइसिस गराउने बिरामीको निःशुल्क कोरोना बीमा गर्दै गौतम बुद्ध मुटु अस्पताल


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले त्यहाँ नियमित डाइलाइसिस गराइरहेका मिर्गौलाका बिरामीहरूको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामीहरू संक्रमणको उच्च जोखिममा रहेकोले उनीहरूलाई केही आर्थिक राहत पुर्‍याउने उद्देश्यले बीमा गरिदिने निर्णय भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्करूपमा एक लाख रुपैयाँको कोभिड-१९ बीमा गर्ने निर्णय गरेको जानकारी दिए । कोभिड-१९ बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका बिरामीहरूको मनोबल बढाउन सघाउ पुग्ने विश्वास लिइएको आलमको भनाइ छ ।

उनले भने, ‘विरामीहरूको कोरोना बीमा गरिदिँदा अस्पताललाई सामान्य आर्थिक भार थपिए पनि संक्रमण भइहाल्यो भने बिरामीहरूको लागि भने त्यसले ठूलो राहत मिल्ने छ ।’ सरकारले मिर्गौलाका बिरामीहरूको डाइलाइसिस निःशुल्क गरे पनि उनीहरूले अन्य औषधि र ल्याब परीक्षणमा शुल्क तिर्नुपर्छ ।

गौतम बुद्ध मुटु अस्पतालले भने आफ्ना सबै बिरामीहरूको रुटिन र भाइरल परीक्षण समेत निःशुल्क गर्दै आएको छ । अति विपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोही नभएका मिर्गौलाका बिरामीहरूको औषधि तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।

त्यस्तै, कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन नचल्न डाइलाइसिसको लागि अस्पताल आउने बिरामीहरूलाई नियमित अस्पताल ल्याउने र पुर्‍याउने व्यवस्था पनि अस्पतालले गरेको छ ।

उक्त अस्पतालले डाइलाइसिस गर्ने बिरामीहरू ल्याउन र लैजान छोड्नको वाणगङ्गा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित बस पठाउने गरेको छ ।

अस्पतालमा हाल ४२६ जनाले नियमित डाइलाइसिस गराउन गरेका छन् । काठमाडाँबाहिर सबैभन्दा ठूलो डाइलाइसिस युनिट सञ्चालन गर्दै आएको मुटु अस्पतालमा बुटवलमा ३५४, दाङको लमहीमा ४९ र पाल्पामा २३ जना बिरामीले नियमित डाइलाइसिस गराउँदै आएका छन् ।

अस्पतालले बुटवलमा २० तथा लमही र पाल्पामा १०-१० वटा मेशिनबाट डाइलाइसिस सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै, स्याङ्जाको वालिङमा पनि डाइलाइसिस सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १ : ०७ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य