कोरोना संक्रमणपछि पहिलो पटक बहराइन पुगे १४६ नेपाली « Khabarhub

कोरोना संक्रमणपछि पहिलो पटक बहराइन पुगे १४६ नेपाली



दोहा- कोरोना भाइरसको महामारीपछि पहिलो पटक नेपालीहरू बहराइन पुगेका छन् ।

कोरोना महामारीले बिदामा घर गएका नेपालीहरू बहराइन फर्कन सुरू गरेका हुन् । नेपाल एयरलाइन्सको उडानमार्फत बिहीबार पहिलो पटक १४६ नेपाली कामदार बहराइन पुगेका छन् ।

बहराइनस्थित नेपाली दूतावासले बिदामा गएकाहरु फर्कन सक्ने २११ जनाको सूची सार्वजनिक गरेपछि पहिलो चरणमा १४६ जना बहराइन पुगेका हुन् । बहराइन पुगेकाले ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराई ७ दिन आइसोलेसन बसेर कार्यक्षेत्रमा जानअघि फेरि कोरोना परीक्षण गर्नु पर्नेछ ।

बहराइनबाट विभिन्न समयमा बिदामा घर पुगेका नेपालीहरू कोरोनाका कारण हवाई उडान स्थगित भएपछि नेपालमै रहेका थिए ।

यस्तै बहराइनमा समस्यामा परेका १५० नेपाली लिएर नेपाल एयरलाइन्स बिमान स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १ : ५४ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको