चितवनका वृद्धाको मृत्युपछि कोरोना पुष्टि « Khabarhub

चितवनका वृद्धाको मृत्युपछि कोरोना पुष्टि


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला छिन् । दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

एक वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का तीन तथा बारा, गोरखा र कैलालीका एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  २ : २३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको