स्थानीय विकास साझेदारी शीर्षकमा सांसदलाई दिइने रकम कोरोना उपचारमा खर्च गर्न माग « Khabarhub

स्थानीय विकास साझेदारी शीर्षकमा सांसदलाई दिइने रकम कोरोना उपचारमा खर्च गर्न माग


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरुले स्थानीय विकास साझेदारी शीर्षकमा सांसदलाई दिइने रकम कोरोनाको उपचारमा खर्च गर्न माग गरिएको छ ।

सांसदहरुले यो रकम कोरोनाको उपचारमा खर्च गर्ने पहलका लागि सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरु गगन थापा, भिमसेनदास प्रधान, शशी श्रेष्ठलगायले सांसद विकास कोषका रुपमा चिनिने रकम कोरोनाका उपचारमा खर्च गर्ने पहल गर्न सभामुखसँग आग्रह गरेका हुन् ।

कोरोनाको रोकथामका लागि सरकारले गरिरहेको काम र बेथितिका विषयमा छानविन गर्न संसदीय समिति गठन गर्न समेत सभामुखसँग उनीहरुले माग गरेका छन् ।

२० जना सांसदहरुले हस्ताक्षर गरेर बुझाएको ध्यानाकर्षणपत्रमा हरेक निर्वाचन क्षेत्रमा एउटा आइशोलेसन सेन्टर बनाउन माग गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  २ : ४४ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका