१३ सदस्यले धारणा राखेपछि सकियो नेकपा स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

१३ सदस्यले धारणा राखेपछि सकियो नेकपा स्थायी कमिटी बैठक


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।

असार १० गतेदेखि बसेको बैठक आज टुंगिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकले १३ स्थायी कमिटी सदस्यले आ आफ्नो धारणा राखेको श्रेष्ठले बताए ।

अध्यक्षद्वयले राखेको प्रस्तावमा स्थायी कमिटी सदस्यले धारणा राखेको बताउँदै श्रेष्ठले सदस्यको धारणा प्रस्तावमा समावेश गरिने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएको उनले जानकारी दिए ।

असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बालुवाटारमा भएको हो ।

यसअघि असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि मोडिन पुगेको थियो । विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेपछि स्थगित रहँदै आएको थियो ।

साउन १३ गते बहुमत (३१जना) स्थायी कमिटी सदस्य बालुवाटारमै भेला भए पनि पार्टी अध्यक्ष प्रचण्डले त्यसलाई जारी बैठकको निरन्तरता नमान्ने बताएका थिए ।

असार १० गतेबाट सुरु भएको बैठकमा १२, १३ गते कार्यसूचीमाथि छलफल भएको थियो । १६ गतेको बैठक प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्तिमाथि केन्द्रित भएको थियो भने १८ गतेको बैठक प्रधानमन्त्री ओलीले संसद् अधिवेशन हठात् अन्त्य गरिदिएपछि अन्यौलमा टुङ्गिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ४ : २२ बजे

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर

मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा

जेन-जीको आन्दोलनमा कहाँ चुक्यो सरकार ?

काठमाडौँ- एकातिर निजामती कर्मचारी विधेयकको कुलिङ पिरियड गडबडीमा दोषी देखिएका

गोली प्रहार गरेको अभियोगमा एकजना पक्राउ

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको

दिनभर जेन-जीको प्रदर्शन : कहाँ के भयो ?

काठमाडौँ– मलाई बोल्न दे सरकार, गणतन्त्र कहाँ छ, कसैलाई थाहा