भारतीय सामाजिक अभियान्ता स्वामी अग्निवेशको निधन « Khabarhub

भारतीय सामाजिक अभियान्ता स्वामी अग्निवेशको निधन


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका चर्चित सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा निधन भएको छ।

कलेजोको समस्यबाट पीडित अभियान्ता अग्निवेशको दिल्लीस्थित इस्टिच्यूट अफ लिवर एण्ड बायिलरी साइन्सेजमा उपचारका क्रममा शुक्रबार साँझ साढे ६ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कलेजोको समस्याको कारण गम्भीर अवस्थामा उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। उनलाई शुक्रबार साँझ ६ बजे हृदयघातसमेत भएको चिकित्सकहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आन्ध्रप्रदेशको ब्राम्हण परिवारमा जन्मिएका अग्निवेश सन्यासी बनेका थिए । उनले भारतमा बँधुवा मुक्ति मोर्चा खोलेर बँधुवा मजदुरविरुद्ध अभियान सञ्चालन गरेर चर्चित बनेका थिए ।

सन् १९७७ मा हरियाणा विधानसभामा निर्वाचित भएका उनी दुई वर्ष शिक्षा मन्त्रीसमेत बनेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ९ : ५५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु