मुलुकभर आंशिक बदली, तीन प्रदेशमा हल्का वर्षाको पूर्वानुमान « Khabarhub

मुलुकभर आंशिक बदली, तीन प्रदेशमा हल्का वर्षाको पूर्वानुमान


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव कम हुँदै जाँदा मुलुकभरको मौसममा आंशिक बदली भएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिम सर्दै गएको र प्रभाव पनि कम भएको मौसमविद्ले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पहाडी भू-भागका केही स्थानमा बदली रही वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । अन्य स्थानको मौसम भने सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : २३ बजे

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज