५० हजार डलरभन्दा महँगा गाडी आयातमा लगाइएको प्रतिबन्ध फुकुवा « Khabarhub

५० हजार डलरभन्दा महँगा गाडी आयातमा लगाइएको प्रतिबन्ध फुकुवा


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार डलरभन्दा बढीका सवारी साधनमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।

कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको उनको भनाइ छ।

सवारी आयातकर्ताले ५० हजार अमेरिकी डलर (खरिद बिजकका अधारमा)भन्दा बढी मूल्यका सवारी साधन खरिद गरेर नेपाल ल्याउन पाएका थिएनन्। यसको प्रत्यक्ष असर टोयोटा, ल्यान्डरोभर, टेस्ला, अउडी तथा बिएमडब्लूलाई परेको थियो।

यस्तै तयारी मदिराको आयात पनि खुला गर्ने निर्णय गरिएको उनले बताए।

बिहीबारकै मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका राजश्वतर्फका सचिव रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा वशिष्ठ प्रसाद रिजाललाई नियुक्त गरिएको छ भने सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा डा बाबुराजा अमात्य नियुक्त भएका छन्।

औषधी परामर्श परिषदका सदस्यहरुमा संघरत्न बज्राचार्य,बाबुराम हुमागाई, दिपकप्रसाद दाहाल नियुक्त गर्ने निर्णय भएको समेत मन्त्री ज्ञवालीले जानकारी दिए। यसैगरी राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र विकास समितिको अध्यक्षको जिम्मेवारी डा देवबहादुर रोका क्षेत्रीलाई दिइएको छ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ५ : ५६ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ