राजश्व अनुसन्धान बुटवलका अधिकृत रानाविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

राजश्व अनुसन्धान बुटवलका अधिकृत रानाविरुद्ध भ्रष्टाचार मुद्दा


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट राजस्व लगायतका विभिन्न काममा सहजीकरण गरिदिएवापत २ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगले राना र झालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा रानाले राजस्व लगायतका काममा सहजीकरण गरिदिएवापत झासँग दुई लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : ०१ बजे

एमाले सांसद सुहाङले लिए शपथ

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक