आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६ सेप्टेम्बर २२ तारिख। भाद्र शुक्ल पक्षको एकादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । आफ्नो मूल्यांकन आफैं गर्न नसक्दा संकट आइपर्ने छ । बाहिरका साथीको साथ मिल्नेछ । दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ ।

वृष: दिन राम्रो छ । सहकार्यमा सुरुवात गरेमा व्यापारमा लाभ हुनेछ । शिक्षा र स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । विपक्षी शान्त छन् । काम सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन: दिन सामान्य छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । परिवारका कारण राजनीतिमा भय हुनेछ । जग्गाको कारोबारमा आंशिक लाभ हुनेछ । विदेशमा मन आकर्षित हुनेछ ।

कर्कट: दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । बन्धु सँगको सहकार्यले फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

सिंह: दिन राम्रो छ । धन लक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । विपक्षीले तपाईंको पक्षमा काम गर्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्या: दिन राम्रो छ । सम्पत्ति खर्च भए पनि मान सम्मान बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

तुला: दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा हुनेछन् । गुरुबाट असहयोग हुनेछ । शिक्षाको क्षेत्रमा घाटा हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ ।

वृश्चिक: दिन राम्रो छ । मिहिनेतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । आम्दानी बढ्नेछ । व्यापारमा नाफा हुने योग छ । शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछन् ।

धनु: दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले काम सहजै बन्नेछ । राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ । विपक्षीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर: काम बन्ने दिन छ । सोचेको  कुरा पूरा हुँदा मनमा खुसी मिल्नेछ । पठनपाठनमा रुची बढ्नेछ । स्वास्थ्यमा भने सुधारका संकेत भेटिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

कुम्भ: दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । यात्रामा कठिनाइ आइपर्ने छ । राजनीतिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । औषधी नियमित बन्नेछ । राजनीतिक भयको जोखिम छ ।

मीन: दिन राम्रो छ । सोचेको काम सहज बन्नेछ । आफ्नै कारणले साथी टाढिने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । शिक्षामा प्रगति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ५ : १३ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह