शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि « Khabarhub

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शिक्षा मन्त्रीका स्वकीय सचिव पुरन खड्काले मन्त्री पोखरेललाई कोरोना संक्रमण भएको खरबहबलाई बताए ।

सामान्य ज्वरो आएपछि मन्त्री पोखरेल शनिबार साँझ पाटन अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोनाको आशंका गर्दै स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वकीय सचिव खड्काले बताए ।

मन्त्री पोखरेलमा कोरोना पुष्टि भएपछि शिक्षा मन्त्रालयमा उनको प्रत्यक्षा सम्पर्कमा रहेका मन्त्रीको सचिवालय र सुरक्षाकर्मीको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

शिक्षा मन्त्री पोखरेलले शनिवार डा केसीका मागका विषयमा प्रधानमन्त्री केपी शार्मा ओलीलाई समेत भेटेका थिए ।

शिक्षा मन्त्रीमा कोरोना पुष्टि भए पनि दूरी कायम गरी सावधानी अपनाएर प्रधानमन्त्रीलाई भेटेको स्वकीय सचिव खड्काले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : २८ बजे

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु