शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि « Khabarhub

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शिक्षा मन्त्रीका स्वकीय सचिव पुरन खड्काले मन्त्री पोखरेललाई कोरोना संक्रमण भएको खरबहबलाई बताए ।

सामान्य ज्वरो आएपछि मन्त्री पोखरेल शनिबार साँझ पाटन अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोनाको आशंका गर्दै स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वकीय सचिव खड्काले बताए ।

मन्त्री पोखरेलमा कोरोना पुष्टि भएपछि शिक्षा मन्त्रालयमा उनको प्रत्यक्षा सम्पर्कमा रहेका मन्त्रीको सचिवालय र सुरक्षाकर्मीको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

शिक्षा मन्त्री पोखरेलले शनिवार डा केसीका मागका विषयमा प्रधानमन्त्री केपी शार्मा ओलीलाई समेत भेटेका थिए ।

शिक्षा मन्त्रीमा कोरोना पुष्टि भए पनि दूरी कायम गरी सावधानी अपनाएर प्रधानमन्त्रीलाई भेटेको स्वकीय सचिव खड्काले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : २८ बजे

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई