खाद्य कम्पनीको गोदामबाटै ‘लेवल’ नभएको चामल बिक्री « Khabarhub

खाद्य कम्पनीको गोदामबाटै ‘लेवल’ नभएको चामल बिक्री


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा सन् २०१८ उत्पादन मिति भएको जापानीज चामल भेटिएको छ ।

आज महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली पुग्दा कम्पनीले यो चामल बिक्री गरिरहेको फेला पारेको हो ।

चामलका बोरामध्ये केहीमा उत्पादन मिति थियो भने केहीमा २०१९ लेखिकएको भएपनि अधिकांशमा यस प्रकारको लेवल नै नभएको पाइएको अनुगमन टोलीले बताएको हो ।

कम्पनीका वरिष्ठ लेखा अधिकृत नरनाथ अधिकारीकाअनुसार यो चामल जापान सरकारले खाद्य सहयोगका रुपमा उपलब्ध गराएको चामल हो । गएको पुस महिनामा यो चामल प्राप्त भएको थियो ।

खाद्य वस्तु कुनैमा लेवल देखिएन त ? भन्ने प्रश्नको जवाफमा कम्पनीका गुणस्तर अधिकृत दीपा लामिछानेले भने, ‘हामी लेवल राख्ने चरणमा छौं । ढिलो चाँडो लेवल राख्छौं ।’

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने,  ‘निजी क्षेललाई गुणस्तर कायम भएन भनेर कारबाही गर्ने सरकारले चाहिँ जे पायो त्यही गर्न कहाँ मिल्छ र ?

अनुगमन टोली पुगेका बेला कम्पनीका प्रादेशिक प्रमुख पवित्र गौत्तम कार्यालय बाहिर थिइन ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ०१ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।