खाद्य कम्पनीको गोदामबाटै ‘लेवल’ नभएको चामल बिक्री « Khabarhub

खाद्य कम्पनीको गोदामबाटै ‘लेवल’ नभएको चामल बिक्री


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा सन् २०१८ उत्पादन मिति भएको जापानीज चामल भेटिएको छ ।

आज महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली पुग्दा कम्पनीले यो चामल बिक्री गरिरहेको फेला पारेको हो ।

चामलका बोरामध्ये केहीमा उत्पादन मिति थियो भने केहीमा २०१९ लेखिकएको भएपनि अधिकांशमा यस प्रकारको लेवल नै नभएको पाइएको अनुगमन टोलीले बताएको हो ।

कम्पनीका वरिष्ठ लेखा अधिकृत नरनाथ अधिकारीकाअनुसार यो चामल जापान सरकारले खाद्य सहयोगका रुपमा उपलब्ध गराएको चामल हो । गएको पुस महिनामा यो चामल प्राप्त भएको थियो ।

खाद्य वस्तु कुनैमा लेवल देखिएन त ? भन्ने प्रश्नको जवाफमा कम्पनीका गुणस्तर अधिकृत दीपा लामिछानेले भने, ‘हामी लेवल राख्ने चरणमा छौं । ढिलो चाँडो लेवल राख्छौं ।’

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने,  ‘निजी क्षेललाई गुणस्तर कायम भएन भनेर कारबाही गर्ने सरकारले चाहिँ जे पायो त्यही गर्न कहाँ मिल्छ र ?

अनुगमन टोली पुगेका बेला कम्पनीका प्रादेशिक प्रमुख पवित्र गौत्तम कार्यालय बाहिर थिइन ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ०१ बजे

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक