एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’ « Khabarhub

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच शक्ति सङ्घर्ष चर्किरहेका बेला केन्द्रीय सदस्य सुनिता बरालले पार्टीको भविष्यलाई केन्द्रमा राखेर निर्णय गर्न नेतृत्वलाई आग्रह गरेकी छन्।

सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठकबीच बरालले मङ्गलबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै मतमतान्तर र असहमतिलाई लोकतान्त्रिक सङ्गठनभित्रको स्वाभाविक प्रक्रिया भएको बताएकी छन्।

उनले केन्द्रीय कमिटीका नेताहरूले आफ्नो जिम्मेवारी र दायराभित्र रहेर निर्णय गर्ने अधिकार र स्वतन्त्रता राख्ने उल्लेख गर्दै निर्णयलाई पार्टीका विभिन्न तहमा रहेका नेता–कार्यकर्ताले कार्यान्वयन गर्ने बताएकी छन्।

तर, बैठकले केवल नेताहरूबीचको मतभेद, पक्ष–विपक्ष वा तत्कालीन राजनीतिक समीकरणलाई आधार बनाएर निर्णय गर्न नहुने बरालको भनाइ छ।

‘यो बैठकले केवल हामीबीचको मतभेद, पक्ष–विपक्ष वा तत्कालीन राजनीतिक समीकरण मात्र हेरेर निर्णय गर्ने छुट पाउँदैन,’ उनले भनेकी छन्।

एमाले राम्रो र बलियो होस्, पार्टीको गौरव, प्रतिष्ठा र उचाइ कायम रहोस् भन्ने अपेक्षासहित व्यक्तिगत स्वार्थ वा लाभको आशा नगरी शुभेच्छा व्यक्त गर्ने र कठिन परिस्थितिमा समेत सहयोग गर्दै आएका असंख्य शुभेच्छुकको विश्वास पार्टीसँग जोडिएको उनले उल्लेख गरेकी छन्।

‘हामीबीचको मतभेद क्षणिक हुन सक्छ, तर पार्टीको भविष्य पुस्तौँसम्मको विषय हो,’ बरालले भनेकी छन्, ‘त्यसैले हामीले राख्ने प्रत्येक विचार र गर्ने प्रत्येक निर्णयको केन्द्रमा नेकपा एमाले र यसको भविष्य हुनुपर्छ।’

उनले नेतृत्वले गर्ने निर्णयले लाखौँ कार्यकर्ता र शुभेच्छुकको मनमा पार्ने प्रभावप्रति जिम्मेवार हुनुपर्छ भनेकी छन्।

‘हामीबीचको असहमति इतिहासले बिर्सन सक्छ; तर एमालेको भविष्यमा पर्ने हाम्रो निर्णयको प्रभाव इतिहासले बिर्सने छैन,’ उनले भनेकी छन्।

बरालले केन्द्रीय कमिटी बैठकका निर्णयले कार्यकर्ताको शिर नझुकाउने, शुभेच्छुकको विश्वास नटुटाउने र एमालेको गौरव थप बलियो बनाउने अपेक्षा व्यक्त गरेकी छन्।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ६ : ५१ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन