पत्रकारहरुको समस्या समाधानको माग गर्दै लालटिन बालेर प्रदर्शन (भिडियोसहित) « Khabarhub

पत्रकारहरुको समस्या समाधानको माग गर्दै लालटिन बालेर प्रदर्शन (भिडियोसहित)


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना महामारीको यस विषम परिस्थितिमा विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै नेपाल पत्रकार महासंघले सूचना तथा प्रशारण विभागमा प्रदर्शन गरेको छ ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन ।

पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए ।

सरकारलाई दबाव दिन विभाग अगाडी लालटिन बाँधेर प्रदर्शन गरिएको उनले बताए ।

लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताए ।

सञ्चारमाध्यमहरुले समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाव सिर्जना गर्न अवरोध गर्ने सम्मका कार्यक्रम गर्न महासंघ बाध्य हुने उनले चेतावनी दिए ।

जागिरबाट निकालिएपछि आन्दोलित पत्रकारहरुको मागमा नेपाल पत्रकार महासंघले ऐक्यवद्धता जनाएको छ ।

हेर्नुस् भिडियो

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : २२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।