माइक्रोसफ्टले पनि दियो ‘वर्क फ्रम होम’को अनुमती « Khabarhub

माइक्रोसफ्टले पनि दियो ‘वर्क फ्रम होम’को अनुमती


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कम्प्युटर सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले आफ्ना कर्मचारीलाई स्थायी रूपमा घरबाटै काम गर्न दिने बताएको छ ।

घरबाटै काम गर्नका लागि भने कार्यरत कर्मचारीले म्यानेजरबाट अनुमति लिनुपर्ने हुन्छ ।

माइक्रोसफ्टले केही कर्मचारीले भने कार्यालयमै आएर काम गर्नुपर्ने नियम पनि लागू गरेको छ । कार्यालयमा हार्डवेयरसम्बन्धी कार्य गर्ने कर्मचारीले भने कार्यालयमै आएर काम गर्नुपर्ने भनी कम्पनीका प्रवक्ताले बताएको भन्दै बिबिसिले समाचार छापेको छ ।

यसअघि अरू दुई ओटा अमेरिकी कम्पनी फेसबुक र ट्विटरले पनि यस्तै घोषणा गरेका थिए । उनीहरूले आफ्नो कर्मचारीका लागि ‘वर्क फ्रम होम’को नीति स्थायी रूपमै लागू गरिने बताएका छन् । कोरोना महामारीका कारण यी कम्पनी आफ्नो कर्मचारीको कार्यशैलीमा परिवर्तन गर्न बाध्य भएका हुन् ।

कर्मचारीहरूले घरबाटै काम गर्ने भएपछि कम्पनीहरूले कार्यालयको ‘स्पेस’ घटाउने प्रयास गरेका छन् । ‘हाम्रो उद्देश्य भनेको आफ्नो इच्छासहित धेरै काम गराउने हो । त्यसमा कम्पनीले नेतृत्व गर्ने छ, जसले यो प्रकृतिको कार्यशैलीको विकास र प्रवर्द्धन गर्नेछ’, कम्पनीका प्रवक्ताले भनेका छन्, ‘यो नियम धेरै ठाउँमा रहेर काम गर्ने कर्मचारीको हकमा लागू हुनेछ ।’

अमेरिकामा गत मे महिनामा गरिएको एउटा सर्वेक्षणमा २२ प्रतिशत कर्मचारीले कोरोना भाइरस संक्रमण रोकिएपछि पनि घरबाटै काम गर्ने अपेक्षा गरेका छन् । माइक्रोसफ्टले सन् २०२१ को जनवरिसम्म यो नीति लागू हुने अपेक्षा गरिएको बताएको छ । (बीबीसीको सहयोगमा)

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : ५५ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ