लिखु हाइड्रोपावरका ४७ कोरोना संक्रमित मजदुर गुपचुपमै सोलुबाट बर्दिया पुर्‍याएको खुलासा | Khabarhub Khabarhub

लिखु हाइड्रोपावरका ४७ कोरोना संक्रमित मजदुर गुपचुपमै सोलुबाट बर्दिया पुर्‍याएको खुलासा


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछाप र सोलुखुम्बुको सीमानामा निर्माणाधीन लिखु हाइड्रोपावरमा कार्यरत ४७ कोरोना संक्रमित मजदुरलाई गुपचुप रुपमै बर्दिया पुर्‍याइएको खुलासा भएको छ ।

सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको किन्जास्थित लिखु हाइड्रोपावर कम्पनीको क्वारेन्टाइनमा रहेका ४७ जना बर्दियाका कामदारलाई कम्पनिमै रहेको समयमा कोरोना संक्रमण पुष्टि भएसँगै टिपर र गाडीमा राखेर बर्दिया पुर्‍याइएको खुलेको हो ।

बर्दियास्थित मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले हाइड्रोपावर कम्पनीले मापदण्ड नै पूरा नगरी गैरकानूनी रुपमा संक्रमितहरुलाई सोलुखुम्बुबाट गत २० गते बर्दिया पुर्‍याएको बताए ।

मेयर क्षेत्रीले भने, ‘अहिले नेपालको कानून र संघीय सरकारको निर्देशन अनुसार जहाँ संक्रमण देखियो संक्रमितहरुलाई त्यहीं नै आइशोलेशनको व्यवस्था गर्नुपर्छ । उच्च सुरक्षा सावधानी अपनाएर एम्बुलेन्सबाट मात्र अन्यत्र लैजान सकिने व्यवस्था छ ।  तर कम्पनीले कुनै नियम नै पूरा नगरी अटेर गरेर सोलुखुम्बुको प्रशासन र हाइड्रोपावरले गैरजिम्मेवार तरिकाले यात्रा गरायो । घटनामा संलग्नन जो–जो छन् उनीहरुलाई स्वास्थ्य ऐन अनुसार कारबाही गर्नुपर्छ ।’

अध्यक्ष क्षेत्रीका अनुसार बर्दिया पनि उनिहरु सबैको कोरोना पोजेटिभ नै आएको छ । मधुवन नगरपालिकाले आइतबार विहान सर्वदलीय बैठक बोलाएर सोलुखुम्बु प्रशासनको विरोध गरेको छ।

सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले हाइड्रोपावर कम्पनिले कोरोना संक्रमितहरुलाई लगिसकेपछि मात्र थाहा पाएको बताए । अहिले त्यस स्थानमा एमभी दुगड समूहले तीन वटा हाइड्रोपावर आयोजनाहरु निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : ११ बजे

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको