भिसा सकिएकाले ओमान छाड्दा जरिवाना र शुल्क तिर्नु नपर्ने « Khabarhub

भिसा सकिएकाले ओमान छाड्दा जरिवाना र शुल्क तिर्नु नपर्ने


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- आवासीय अनुमति पत्रको म्याद गुज्रिएर ओमान छाड्न चाहने आप्रवासी कामदारहरू कुनै पनि जरिवाना वा शुल्क नतिरी आफ्नो मुलुक फर्किन सक्ने भएका छन् ।

ओमानको श्रम मन्त्रालयका अनुसार रोजगारदाता तथा प्रवासी जनशक्तिको भिसाको अवधि सकिए पनि स्वदेश फर्कदा तत्काललाई अतिरिक्त शुल्क र जरिवानाबाट छुट दिने घोषणा गरेको छ ।

मन्त्रालयले अनलाइनमा जारी गरेको विज्ञप्ति अनुसार मुलुक छोड्न इच्छुक प्रवासी जनशक्तिलाई अनुमति दिइनेछ ।

भिसा अवधि सकिएको नै भए पनि रोजगारदाता र प्रवासी कामदारले हाललाई सबै शुल्क र जरिवानाबाट छुट पाउने छन्। तर, उनीहरूले १५ नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म मुलुक छाडिसक्नु पर्ने जनाइएको छ ।

यता, ओमानस्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै आफ्नै खर्चमा स्वदेश फर्कन चाहने नेपालीले ३१ डिसेम्बरसम्म फर्कन आग्रह गरेको छ ।

१५ नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म ओमान छोड्दा भिसाको अवधि सकिएको भए पनि शुल्क नलाग्ने भएकाले यो अवधिमा स्वदेश फर्कन सकिने दूतावासले जनाएको छ ।

स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएको भएमा वा ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी थप केही बुझ्न परेमा) दूतावासका श्रम सहचारी दिनेश ढकाललाई ७१५९-२५०६ मा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : २० बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको