महिनावारीमा पेट, ढाड र कम्मर दुख्छ ? यी हुन् ठीक पार्ने उपाय « Khabarhub

महिनावारीमा पेट, ढाड र कम्मर दुख्छ ? यी हुन् ठीक पार्ने उपाय


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिनावारीको बेला कतिपय महिला तथा किशोरीहरुलाई अत्याधिक पीडा हुन्छ ।

महिनावारी हुँदा प्रायलाई धेरै पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने जस्ता समस्याहरु देखा पर्छन् । यस्तो बेलामा खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ ।

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरसको मात्रामा परिवर्तन आउने गर्दछ ।

यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ ।

यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुःखाइ हुने गर्दछ ।

घरेलु तरिका अपनाएर महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ ।

यी हुन् घरेलु उपाय

दुधः दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पूरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ ।

मेवाः महिनावारी भएको बेला खानाले फाइदा पुर्‍याउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सही तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

गाँजरः गाँजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । विशेषज्ञका अनुसार, एक ग्लास गाँजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गन गर्र्दछ ।

तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

तातो पानीले नुहाउने: तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

कसरत: हुन त हामीले दिन दिनै कसरत गर्नु जरुरी छ । तर, महिनावारीको पीडा भएको बेलामा कसरत अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ ।

यसअतिरिक्त आइरन, क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने खाने कुराले पनि दुःखाई कम हुने विभिन्न अध्ययनहरूले देखाएका छन् ।- एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : ४५ बजे

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो

कञ्चनपुर–२ मा एनपी साउदले दर्ता गरे उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी

जनभावनालाई प्राथमिकता दिन विभागीय प्रमुखलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाका असल

राजेन्द्र लिंङ्देनले गरे झापा ३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता

रमेश लेखकले टिकट नपाएपछि जलाइयो गगन र विश्वप्रकाशको पुत्ला

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको टिकट नदिएको भन्दै उनका