चितवनमा देउसी भैलो खेल्न रोक « Khabarhub

चितवनमा देउसी भैलो खेल्न रोक


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ ।

कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो ।

१४ बुँदे यो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताए ।

आवागमन तथा जमघटले कोरोना सङ्क्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन उनले आग्रह गरे  ।

उनका अनुसार घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण सङ्क्रमणको जोखिम भएकाले देउसीभैलो खेल्न पूर्ण रोक लगाइएको हो । पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग नगर्नसमेत अनुरोध गरिएको छ ।

सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइने उहाँको भनाइ छ । निर्देशन अटेर गर्नेलाई स्थलगत कारवाही गरिने उनले बताए ।

जुवातास, चिट्ठा खेल्नेलगायतका गतिविधिमा समेत निगरानी राखिएको उनले जानकारी दिए ।

चितवनमा हालसम्म पाँच हजार १० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये तीन हजार ३१४ जना निको भएर घर फर्किसकेका छन् भने ७६ जनाको मृत्यु भइसकेको छ । हाल एक हजार ६२१ सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : १८ बजे

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी