यी ७ चरित्रका पुरुषसँग प्रेम नगर्नु नै राम्रो « Khabarhub

यी ७ चरित्रका पुरुषसँग प्रेम नगर्नु नै राम्रो


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जो कोही चाहन्छ आफ्नो प्रेम जुगौँ जुग टिकोस् । तर, प्रेमी चरित्र बुझ्न नसक्दा धेरैले धोका खान्छन् । प्रेम असफल हुन्छ ।

निराशाले मानिसलाई गाँज्छ । वियोगले धेरैको जीवन नै अस्तव्यस्त पनि हुन्छ । आज हामी प्रेममा युवतीले धोका नखाना छान्नु पर्ने आफ्नो पार्टनरबारे जानकारी दिदैछौँ ।

पुरूषका ७ चरित्र

१. केहि युवतीहरु मिठो बोल्ने केटाको कुरामा छिट्टै विश्वास गर्ने र पछि गएर धोका पाउने गर्छन् । तर प्रेममा शव्द भन्दा पनि व्यवहार र मायाको मोल बढी हुन्छ । त्यसलाई युवतीले बुझ्न जरुरी हुन्छ ।

२. यदि कोही केटा पहिलो भेटमा नै छिट्टै आफ्नोपन देखाउने र मिठा मिठा कुरा गर्न थाल्छन् भने तपाई सचेत हुनुहोस् । उनीहरु प्रेममा पर्न आतुरभन्दा पनि आतुर छन् र तपाईलाई प्रभावमा लिन र तपाईको शरीरसँग नजिक हुन् हतारिएका छन् भने तपाईले बुझ्नुस् धोका खानुहुनेछ ।

३. भेट्दा वा कुराकानीको क्रममा चाहिनेभन्दा बढी अथवा आवश्यकताभन्दा बढी तारिफ गर्ने केटाहरु प्रेमप्रति बफादार हुन सक्दैनन् । बरू तारिफको सट्टा कमोजोरी औँलाएर सुधार गर्ने प्रेरित गर्ने केटा सच्चा प्रेमी बन्न सक्छन् ।

४. धोकेवाज चरित्रका युवकहरु बोल्न माहिर हुन्छन् । मिठो बोल्छन् उनीहरु युवतीलाई पट्याउन सुरुमा जे पनि गर्न तयार रहन्छन् । तर, मतलब सकिएपछि भने धोका दिन्छन् । मिठो बोल्नेहरुसँग आवश्यकताभन्दा बढी चिप्लो घस्नेहरुसंग पनि युवतीहरु सचेत रहनुपर्ने हुन्छ । यस्ता व्यक्तिहरु खतरनाक हुन्छन् ।

५. अधिकांश प्रेम अर्थात् अधिकांश प्रेमी छिटो शारीरिक सम्बन्ध बनाउने चाहना राख्छन् । तर शारीरिक सम्बन्ध प्रेमको एक हिस्सा भनिएपनि यो प्रेमभित्र अनिवार्य भने होइन । त्यसैले शारीरिक सम्बन्धका लागि दवाब दिने पुरुषहरुसँग सचेत रहनुहोस् । नत्र जीवनभर पछुताउनु पर्नेछ ।

६. गलत नियत भएका पुरुषको रहस्यमय व्यक्तित्व हुन्छ । प्रेमिकालाई भेट जाँदा उनीहरु म्यासेन्जर वा मोबाइलको इनबक्स खाली गर्छन् अर्थात् मेसेज डिलिट गर्छन् । यस्ता चरित्रका केटाहरु प्रेमको लागि योग्य हुँदैनन् ।

७. प्रेममा सबैभन्दा ठुलो दायित्व भनेको आफ्नो प्रेमी वा प्रेमिकाको ख्याल राख्नु वा उसलाई संरक्षण गर्नु हो । तर, आजकाल प्रेममा पर्नु अघि अनेकौं सपना देखाउनेहरु पछि एकाएक प्रवाह गर्न छाड्ने हुन्छन् । महत्वपूर्ण दिनहरु बिर्सने, प्रवाह गर्न छाड्ने, जुट बोने र बहाना बनाउने गर्न थाल्छन् । यस्ता मान्छेहरु धोकेवाज हुन्छन् ।

प्रेम गर्नुभन्दा अगाडी धेरै कुरामा ख्याल गर्नुपर्छ । आकाशको तारा झार्नेसम्मका सपना देखाउनेको पनि कमी छैन हिजोआज । यस्ता हाउडे कुरा गर्नेहरुसँग पनि सचेत हुनुपर्छ । ठूलाठूला सपना बाड्ने मानिसको प्रेममा पर्दा झनै समस्या निम्तन्छ ।– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : २३ बजे

चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ

चितवन- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट भएको छ

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको