यी ७ चरित्रका पुरुषसँग प्रेम नगर्नु नै राम्रो | Khabarhub Khabarhub

यी ७ चरित्रका पुरुषसँग प्रेम नगर्नु नै राम्रो


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जो कोही चाहन्छ आफ्नो प्रेम जुगौँ जुग टिकोस् । तर, प्रेमी चरित्र बुझ्न नसक्दा धेरैले धोका खान्छन् । प्रेम असफल हुन्छ ।

निराशाले मानिसलाई गाँज्छ । वियोगले धेरैको जीवन नै अस्तव्यस्त पनि हुन्छ । आज हामी प्रेममा युवतीले धोका नखाना छान्नु पर्ने आफ्नो पार्टनरबारे जानकारी दिदैछौँ ।

पुरूषका ७ चरित्र

१. केहि युवतीहरु मिठो बोल्ने केटाको कुरामा छिट्टै विश्वास गर्ने र पछि गएर धोका पाउने गर्छन् । तर प्रेममा शव्द भन्दा पनि व्यवहार र मायाको मोल बढी हुन्छ । त्यसलाई युवतीले बुझ्न जरुरी हुन्छ ।

२. यदि कोही केटा पहिलो भेटमा नै छिट्टै आफ्नोपन देखाउने र मिठा मिठा कुरा गर्न थाल्छन् भने तपाई सचेत हुनुहोस् । उनीहरु प्रेममा पर्न आतुरभन्दा पनि आतुर छन् र तपाईलाई प्रभावमा लिन र तपाईको शरीरसँग नजिक हुन् हतारिएका छन् भने तपाईले बुझ्नुस् धोका खानुहुनेछ ।

३. भेट्दा वा कुराकानीको क्रममा चाहिनेभन्दा बढी अथवा आवश्यकताभन्दा बढी तारिफ गर्ने केटाहरु प्रेमप्रति बफादार हुन सक्दैनन् । बरू तारिफको सट्टा कमोजोरी औँलाएर सुधार गर्ने प्रेरित गर्ने केटा सच्चा प्रेमी बन्न सक्छन् ।

४. धोकेवाज चरित्रका युवकहरु बोल्न माहिर हुन्छन् । मिठो बोल्छन् उनीहरु युवतीलाई पट्याउन सुरुमा जे पनि गर्न तयार रहन्छन् । तर, मतलब सकिएपछि भने धोका दिन्छन् । मिठो बोल्नेहरुसँग आवश्यकताभन्दा बढी चिप्लो घस्नेहरुसंग पनि युवतीहरु सचेत रहनुपर्ने हुन्छ । यस्ता व्यक्तिहरु खतरनाक हुन्छन् ।

५. अधिकांश प्रेम अर्थात् अधिकांश प्रेमी छिटो शारीरिक सम्बन्ध बनाउने चाहना राख्छन् । तर शारीरिक सम्बन्ध प्रेमको एक हिस्सा भनिएपनि यो प्रेमभित्र अनिवार्य भने होइन । त्यसैले शारीरिक सम्बन्धका लागि दवाब दिने पुरुषहरुसँग सचेत रहनुहोस् । नत्र जीवनभर पछुताउनु पर्नेछ ।

६. गलत नियत भएका पुरुषको रहस्यमय व्यक्तित्व हुन्छ । प्रेमिकालाई भेट जाँदा उनीहरु म्यासेन्जर वा मोबाइलको इनबक्स खाली गर्छन् अर्थात् मेसेज डिलिट गर्छन् । यस्ता चरित्रका केटाहरु प्रेमको लागि योग्य हुँदैनन् ।

७. प्रेममा सबैभन्दा ठुलो दायित्व भनेको आफ्नो प्रेमी वा प्रेमिकाको ख्याल राख्नु वा उसलाई संरक्षण गर्नु हो । तर, आजकाल प्रेममा पर्नु अघि अनेकौं सपना देखाउनेहरु पछि एकाएक प्रवाह गर्न छाड्ने हुन्छन् । महत्वपूर्ण दिनहरु बिर्सने, प्रवाह गर्न छाड्ने, जुट बोने र बहाना बनाउने गर्न थाल्छन् । यस्ता मान्छेहरु धोकेवाज हुन्छन् ।

प्रेम गर्नुभन्दा अगाडी धेरै कुरामा ख्याल गर्नुपर्छ । आकाशको तारा झार्नेसम्मका सपना देखाउनेको पनि कमी छैन हिजोआज । यस्ता हाउडे कुरा गर्नेहरुसँग पनि सचेत हुनुपर्छ । ठूलाठूला सपना बाड्ने मानिसको प्रेममा पर्दा झनै समस्या निम्तन्छ ।– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : २३ बजे

अर्बौँ रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरेको विवादको मार

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन