२ लाख धरौटी तिर्न नसकेर थुनामा रहेका विप्लव कार्यकर्ता जेलबाट भागे « Khabarhub

२ लाख धरौटी तिर्न नसकेर थुनामा रहेका विप्लव कार्यकर्ता जेलबाट भागे


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङ कारागारबाट रहेका विप्लव समूहका एकजना कार्यकर्ता फरार भएका छन् । बुधवार बिहान करीब सवा ६ बजे उनी फरार भएका हुन् ।

हिरासतमा रहेका छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामीलाई सदरमुकाम चैनपुरको कारागार राखिएको थियो ।

जेलर झलक रोकायाले उनी विप्लव समूहका कार्यकर्ता रहेको बताए ।

गत कात्तिक १८ गते पुर्पक्षका थुनामा रहेका धामीविरूद्ध राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरूद्धको कसुरमा मुद्दा चलाइएको थियो ।

उनमा कार्तिक १७ गते उनमा कोरोना भाइरस पुष्टि भएको । संक्रमण पुष्टि भएपछि उनलाई कारागारभित्रैको आइसोलेसनमा राखिएको थियो ।

कोरोना देखिएपछि उनलाई बन्दीगृह भन्दाबाहिरको आइसोलेसनमा राखिएको थियो । जेलर रोकायाका अनुसार उनी प्रहरीको ड्युटी परिवर्तन हुने समयमा पर्खाल चढेर भागेका हुन् ।

फरार भएका धामीलाई प्रहरीले खोजी थालेको छ । उनलाई अदालतले १० लाख धरौटी मागेको र तिर्न नसकेपछि थुनामा पठाइएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १ : ५२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने