म जननिर्वाचित प्रधानमन्त्री हुँ, डराउँदिनँ : प्रधानमन्त्री ओली « Khabarhub

म जननिर्वाचित प्रधानमन्त्री हुँ, डराउँदिनँ : प्रधानमन्त्री ओली


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएको र निडर भएर अगाडि बढ्ने बताएका छन् ।

आज संखुवासभामा किमाथांका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनका क्रममा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पार्टी अध्यक्ष र जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले नडराउने बताए । उनले पार्टी कार्यकर्ताहरूलाई नआत्तिकन अगाडि बढ्न पनि आग्रह गरे ।

ओलीले आफ्नो दल ५० वर्ष अगाडिदेखि सानासाना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुँदा कोही–कसैको चाहनाले नेकपा केही नहुने बताए । साथै उनले नडराइकन काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला ओलीले यस्तो बताएका हुन् ।

शनिवार मात्र पार्टी कार्यालय धुम्बाराहीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका अन्य ४ सदस्यले सचिवालयको बैठकको माग गरेका थिए । पार्टीभित्र ओली र प्रचण्ड–नेपाल पक्षको सम्बन्ध चिसिएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : ३६ बजे

फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर