म जननिर्वाचित प्रधानमन्त्री हुँ, डराउँदिनँ : प्रधानमन्त्री ओली « Khabarhub

म जननिर्वाचित प्रधानमन्त्री हुँ, डराउँदिनँ : प्रधानमन्त्री ओली


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएको र निडर भएर अगाडि बढ्ने बताएका छन् ।

आज संखुवासभामा किमाथांका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनका क्रममा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पार्टी अध्यक्ष र जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले नडराउने बताए । उनले पार्टी कार्यकर्ताहरूलाई नआत्तिकन अगाडि बढ्न पनि आग्रह गरे ।

ओलीले आफ्नो दल ५० वर्ष अगाडिदेखि सानासाना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुँदा कोही–कसैको चाहनाले नेकपा केही नहुने बताए । साथै उनले नडराइकन काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला ओलीले यस्तो बताएका हुन् ।

शनिवार मात्र पार्टी कार्यालय धुम्बाराहीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका अन्य ४ सदस्यले सचिवालयको बैठकको माग गरेका थिए । पार्टीभित्र ओली र प्रचण्ड–नेपाल पक्षको सम्बन्ध चिसिएको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : ३६ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने