कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भोलि (बिहीबार) दिउँसो बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक तोकिएको भन्दा एक दिनपछि २८ कात्तिकमा बस्ने जानकारी दिएका छन्।

‘२७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुनेछन्।

महाधिवेशनका विषयमा आवश्यक छलफल र निर्णय गर्न बस्ने भनिएको केन्द्रीय समिति बैठक पटक पटक विभिन्न कारणले सर्दै आएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : ५९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने