अमेरिकाको टेक्सासमा मात्र १० लाख कोरोना संक्रमित « Khabarhub

अमेरिकाको टेक्सासमा मात्र १० लाख कोरोना संक्रमित


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सास- अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकाको टेक्सास राज्य नै देशको सबैभन्दा बढी कोरोना संक्रमितहरु रहेको पहिलो राज्य भएको छ । उक्त राज्यको तथ्यांकअनुसार यस राज्यमा बुधबारसम्ममा १० लाख १० हजार ३६४ जना कोरोना भाइरस संक्रमित नागरिक रहेका हुन् ।

त्यसैगरी सो राज्यको तथ्यांकमा यस राज्यमा मात्र मृत्य हुने नागरिकको संख्या १९ हजार ३३७ जना रहेका छन् । टेक्सास पछि अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्य क्यालिफोर्निया रहेको पनि सो विश्वविद्यालयको तथ्यांकका देखाइएको छ ।

उक्त तथ्यांकअनुसार क्यालिफोर्नियामा मात्र ९ लाख ८९ हजार ४३२ जना कोभिड १९ का संक्रमित देखिएका छन् ।त्यसैगरी सो राज्यमा १८ हजार ६६ जना व्यक्ति उक्त संक्रमणका कारण मृत्यु भएको बताइएको छ ।

विश्वमा सबैभन्दा बढी कारोना भाइरसका संक्रमित भएको देश अमेरिका हो । अमेरिकामा अहिलेसम्म १ करोड ५ लाख ६८ हजार ७१४ जना संक्रमित भएका छन् भने यहाँ २ लाख ३९ हजार ६९५ जनाको निधन भएको बताइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : ५० बजे

कांग्रेसको समानुपातिक सूचीमा गगनका ससुरादेखि निधिकी भान्जीसम्म

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार २० जनाको नामावली

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज