यमनमा विद्रोहीलाई समेटेर एक सातामा संयुक्त सरकार बन्ने « Khabarhub

यमनमा विद्रोहीलाई समेटेर एक सातामा संयुक्त सरकार बन्ने


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनको अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सरकार र दक्षिणी क्षेत्रमा स्वतन्त्र राज्यको माग गर्दै आएको एक विद्रोही समूहबीच एक हप्ताभित्रमा संयुक्त सरकार बन्ने भएको छ ।

साउदी अरब नेतृत्वको गठबन्धनका अनुसार वर्तमान् सरकार र एसटीसी समूहका कूल २४ मन्त्री रहने गरी नयाँ सरकार गठन गर्न दुबै समूहले सहमति जनाइसकेका छन् ।

दुबै पक्षको बराबर प्रतिनिधित्व रहनुपर्नेलगायतका प्रमुख विषयमा नै विवाद हुँदा यमनमा संयुक्त सरकार गठन हुन सकेको थिएन ।

यमनको अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सरकार र दक्षिणमा सक्रिय एसटीसी विद्रोहीलाई क्रमश साउदी अरब र संयुक्त अरब ईमिरेट्सको सहयोग रहँदै आएको छ ।

यमनमा सन् २०१४ देखि जारी युद्धका कारण अधिकांश सर्वसाधारण र द्वन्द्वरत पक्षका दशौँ हजार सैनिक तथा लडाकूको मृत्यु भएको छ ।

दक्षिणी यमनमा सक्रिय साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटीसी) र संयुक्त राष्ट्रसंघको पहलमा निर्माण गरिएको सरकार दुबै इरान निकट मानिने हुथी समूहसँगको लडाईँमा भने सहकार्य गर्दै आएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ५२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले