कार्यकाल नसकिँदै बाहिरिनु परेकोमा दुःखी छु- फुटबल प्रशिक्षक कालिन « Khabarhub

कार्यकाल नसकिँदै बाहिरिनु परेकोमा दुःखी छु- फुटबल प्रशिक्षक कालिन


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट राजीनामा दिएका योहान कालिनले कार्यकाल अगाडि बाहिरिनु परेकोमा दुःख व्यक्त गरेका छन् ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्य समिति बैठकले कालिनको राजीनामा स्वीकृत गरेको थियो ।

एन्फाले राजीनामा स्वीकृत गरेपछि सामाजिक सञ्जाल फेसबुकमा कालिनले लेखेका छन्, ‘अनुमान गरेको भन्दा अगाडि छाड्दा निराशा देखिन्छ, तर, कहिलेकाँही सही निर्णय कठिन निर्णय भइदिन्छ ।’

कालिनले नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिनुको कारण कोरोना भाइरसको जोखिमलाई देखाएका छन् ।

स्वीडेनमा रहेका उनले भने, ‘कोभिड- १९ ले मलाई नेपालका लागि यात्रामा निस्कन निकै कठिन बनायो । त्यसैले मेले मेरो पदबाट राजीनामा दिएको हुँ ।’

उनले नेपाली टोलीको मुख्य प्रशिक्षक बन्ने अवसर पाएकोमा खुसी पनि व्यक्त गर्दै यतिन्जेलको साथ र सहयोगका लागि एन्फा, खेलाडी र सहकर्मीलाई धन्यबाद भनेका छन्।

कालिनको कार्यकालमा नेपालले फिफा विश्वकप छनोटका ५ खेल खेल्दा १ खेलमा जीत र ४ खेलमा हार व्येहोरेको थियो । यस्तै, केही मैत्रिपूर्ण फुटबलमा नेपालले राम्रो नतिजा दिएको थियो ।

प्रशिक्षक कालिनले भविष्यमा नेपाल भ्रमण गर्नेसमेत बताएका छन् । सन् २०१९ को मार्च १ बाट नेपाली टोली सम्हाल्न आएका उनको कार्यकाल २ वर्षको रहेको थियो । तर, उनले नोभेम्बर १ देखि कार्यान्वयन हुने गरी प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामासँगै एन्फाले बाल गोपाल महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : ५५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले