कार्यकाल नसकिँदै बाहिरिनु परेकोमा दुःखी छु- फुटबल प्रशिक्षक कालिन « Khabarhub

कार्यकाल नसकिँदै बाहिरिनु परेकोमा दुःखी छु- फुटबल प्रशिक्षक कालिन


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट राजीनामा दिएका योहान कालिनले कार्यकाल अगाडि बाहिरिनु परेकोमा दुःख व्यक्त गरेका छन् ।

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्य समिति बैठकले कालिनको राजीनामा स्वीकृत गरेको थियो ।

एन्फाले राजीनामा स्वीकृत गरेपछि सामाजिक सञ्जाल फेसबुकमा कालिनले लेखेका छन्, ‘अनुमान गरेको भन्दा अगाडि छाड्दा निराशा देखिन्छ, तर, कहिलेकाँही सही निर्णय कठिन निर्णय भइदिन्छ ।’

कालिनले नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिनुको कारण कोरोना भाइरसको जोखिमलाई देखाएका छन् ।

स्वीडेनमा रहेका उनले भने, ‘कोभिड- १९ ले मलाई नेपालका लागि यात्रामा निस्कन निकै कठिन बनायो । त्यसैले मेले मेरो पदबाट राजीनामा दिएको हुँ ।’

उनले नेपाली टोलीको मुख्य प्रशिक्षक बन्ने अवसर पाएकोमा खुसी पनि व्यक्त गर्दै यतिन्जेलको साथ र सहयोगका लागि एन्फा, खेलाडी र सहकर्मीलाई धन्यबाद भनेका छन्।

कालिनको कार्यकालमा नेपालले फिफा विश्वकप छनोटका ५ खेल खेल्दा १ खेलमा जीत र ४ खेलमा हार व्येहोरेको थियो । यस्तै, केही मैत्रिपूर्ण फुटबलमा नेपालले राम्रो नतिजा दिएको थियो ।

प्रशिक्षक कालिनले भविष्यमा नेपाल भ्रमण गर्नेसमेत बताएका छन् । सन् २०१९ को मार्च १ बाट नेपाली टोली सम्हाल्न आएका उनको कार्यकाल २ वर्षको रहेको थियो । तर, उनले नोभेम्बर १ देखि कार्यान्वयन हुने गरी प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामासँगै एन्फाले बाल गोपाल महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : ५५ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय