नवलपुरको दुम्किवासमा प्रहरी र स्थानीयबीच झडप, पूर्वपश्चिम राजमार्ग अवरूद्ध « Khabarhub

नवलपुरको दुम्किवासमा प्रहरी र स्थानीयबीच झडप, पूर्वपश्चिम राजमार्ग अवरूद्ध


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) विनयी त्रिवेणी–२ को पहेलीभित्तास्थित विनयी खोलामा मध्यरातमा गिट्टी लिन पुगेको ट्याक्टर चालकको मृत्यु भएपछि दुम्किबासमा तनाव चुलिएको छ ।

प्रहरीको कुटाइबाट दाङको राजापुर गाउँपालिका–४ का २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको भन्दै स्थानीयले राति १ बजेदेखि पूर्वपश्चिम राजमार्गको दुम्किबास खण्ड अवरूद्ध पारेका छन् ।

अवैधरूपमा ढुंगा गिट्टी निकालेको भन्दै प्रहरीले पिटेका कारण यादवको मृत्यु भएको भन्दै स्थानीयवासीले प्रहरी कार्यालय घेराउ गर्दै तोडफोड गरेपछि १३ सेल अश्रुग्यास पनि प्रहार गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयले अहिले पनि  इलाका प्रहरी कार्यालय दुम्किवास अगाडि घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् ।

प्रहरीले भने यादबको मृत्यु प्रहरीको कुटाइबाट नभइ ट्याक्टर  दुर्घटनामा भएको दाबी गरेको छ ।

विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु३त ८१७५ नंको ट्याक्टर दुर्घटना हुँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख, प्रहरी निरीक्षक विकास बमले बताए ।

जिल्ला प्रहरी कार्यलयको टोली खोलामा पुग्दा ट्याक्टर लिएर भागेका यादव दुर्घटनामा परेको उनको दाबी छ ।

सोक्रममा प्रहरीले चारवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । तीनवटा भने खोलामै फसेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : ११ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक