नवलपुरको दुम्किवासमा प्रहरी र स्थानीयबीच झडप, पूर्वपश्चिम राजमार्ग अवरूद्ध | Khabarhub Khabarhub

नवलपुरको दुम्किवासमा प्रहरी र स्थानीयबीच झडप, पूर्वपश्चिम राजमार्ग अवरूद्ध


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) विनयी त्रिवेणी–२ को पहेलीभित्तास्थित विनयी खोलामा मध्यरातमा गिट्टी लिन पुगेको ट्याक्टर चालकको मृत्यु भएपछि दुम्किबासमा तनाव चुलिएको छ ।

प्रहरीको कुटाइबाट दाङको राजापुर गाउँपालिका–४ का २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएको भन्दै स्थानीयले राति १ बजेदेखि पूर्वपश्चिम राजमार्गको दुम्किबास खण्ड अवरूद्ध पारेका छन् ।

अवैधरूपमा ढुंगा गिट्टी निकालेको भन्दै प्रहरीले पिटेका कारण यादवको मृत्यु भएको भन्दै स्थानीयवासीले प्रहरी कार्यालय घेराउ गर्दै तोडफोड गरेपछि १३ सेल अश्रुग्यास पनि प्रहार गरिएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयले अहिले पनि  इलाका प्रहरी कार्यालय दुम्किवास अगाडि घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् ।

प्रहरीले भने यादबको मृत्यु प्रहरीको कुटाइबाट नभइ ट्याक्टर  दुर्घटनामा भएको दाबी गरेको छ ।

विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु३त ८१७५ नंको ट्याक्टर दुर्घटना हुँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख, प्रहरी निरीक्षक विकास बमले बताए ।

जिल्ला प्रहरी कार्यलयको टोली खोलामा पुग्दा ट्याक्टर लिएर भागेका यादव दुर्घटनामा परेको उनको दाबी छ ।

सोक्रममा प्रहरीले चारवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । तीनवटा भने खोलामै फसेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : ११ बजे

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब