व्यावसायिक कस्तूरी पालनका लागि जाजरकोटमा कस्तुरी प्रजनन केन्द्र स्थापना « Khabarhub

व्यावसायिक कस्तूरी पालनका लागि जाजरकोटमा कस्तुरी प्रजनन केन्द्र स्थापना


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- व्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ।

अघिल्लो आर्थिक वर्षदेखि सुरू गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो।

कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए।

अहिले प्रजनन केन्द्रका लागि भवन निर्माणका कामहरू भइरहेका छन् । तीन करोड ५० लाख रूपैयाँको लगानीमा राष्ट्रिय प्रकृति संरक्षण कोषले काम अगाडि बढाएको छ ।

बारेकोटका अग्ला हिमालमा पाइने कस्तूरीलाई रानीचौरको प्रजनन केन्द्रमा ल्याएर बच्चा उत्पादनको काम हुनेछ।

वनमन्त्रीको गृहजिल्लासमेत रहेको जाजरकोटमा कस्तूरीको व्यावसायिक पालन सुरू भएपछि स्थानीयवासीहरू खुसी भएका छन्।

बारेकोटको अग्ला हिमालमा विभिन्न जङ्गली जनावर पाइने गर्दछन्।  नेपालमा कालो, कश्मीर, अल्पाइन, हिमाली गरी चार प्रजातिका कस्तूरी पाइन्छन्।

जाजरकोटमा यीमध्ये केही जातिका पाइने बताइएको छ। जाजरकोटमा हिमाली र कश्मीर प्रजातिलाई प्रजनन केन्द्रमा राखेर बीउ प्राणी जन्माइने योजना रहेको छ।

वन्यजन्तु पालनका लागि सरकारले २०७६ मङ्सिर २३ गते लाइसेन्स र बीउ प्राणीका लागि राजपत्रमा प्रकाशित गरी लागि खुल्ला गरेको छ।

कस्तूरी पालनको लाइसेन्स लिन एक लाख र एउटा बीउ प्राणीका लागि ७५ हजार रूपैयाँ दस्तुर तोकिएको छ ।

कस्तूरी हिमाली क्षेत्रमा पाइने र तत्कालै उपलब्ध गराउन असम्भव भएकाले प्रजनन केन्द्रमा बीउ प्राणी उत्पादन गर्ने योजना अघि बढाइएको मन्त्री बस्नेतले जानकारी दिए।

जाजरकोटको बारेकोट सक्ला रानीचौरमा दुई हजार १०० मिटरमा भवन बन्दै गरेको छ। रानीचौरमा कस्तूरी प्रजननका लागि प्राकृतिक बासस्थान र तापक्रमको सन्तुलनसमेत राम्रो भएकाले यहाँ काम गर्न लागिएको हो।

प्रजनन केन्द्रमा भाले र पोथी गरी कम्तीमा २० वटा कस्तूरी मृग प्राकृतिक बासस्थानबाट सङ्कलन गरी यहाँ राखिने छ।

कस्तूरीको प्रजनन गराउन र हुर्काउन सधैँभरि २५ डिग्री सेल्सियसभन्दा कम तापक्रम चाहिने गर्दछ । कस्तूरी पालनपछि यहाँबाट उत्पादन हुने सुगन्धित कस्तूरी (बिना) बिक्री हुनेछ।

व्यावसायिक पालन खुला भएपछि अवैध चोरी रोकिने सरकारको अपेक्षा छ।- रासस

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १० : २० बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट