खेलाडीको पारिश्रमिक समान बनाउने एन्फाको निर्णय स्वागतयोग्य | Khabarhub Khabarhub

खेलाडीको पारिश्रमिक समान बनाउने एन्फाको निर्णय स्वागतयोग्य


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व फुटबलमा ‘इक्वेल पे’ समान पारिश्रमिकका कुरा चर्को स्वरमा आइरहेका छन् ।

नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले समान भत्ता दिने निर्णय गरेको छ । नेपाली महिला टोली र पुरुष टोलीको यसअघि असमान अवस्थामा थियो ।

पुरुष खेलाडीले १५ हजार मासिक भत्ता पाउँदा महिला खेलाडीले मात्रै ७ हजार रुपैयाँ मासिक भत्ता पाउँथे । तर, अब बराबरी भएको छ ।

महिला र पुरुष टोलीका सदस्यहरुले समान १८–१८ हजार पाउँनेछन् । एन्फाले गरेको यो निर्णय उदाहरणीय बनेको छ ।

विश्व शक्ति राष्ट्र अमेरिकामा महिला खेलाडीहरुले समान पारिश्रमीकका लागि अदालत धाइरहेका छन् । तर, पनि उनीहरुको उक्त माग पुरा हुन सकेको छैन ।

एन्फाले नेपालका महिला र पुरुष टोलीको पारिश्रमीक बराबरी गर्दै अन्य राष्ट्रका लागि राम्रो सन्देश दिन खोजेको छ । लैङ्गीक असमानतालाई कम गर्ने उदेश्यसहित एन्फाले यस्तो निर्णय गरेको हो ।

तलब समान बनाउँदै एन्फाले राम्रो सन्देश दिए पनि यो तलबले खेलाडीको दैनिक धान्न भने निकै कठिन रहेको बताउँछन् । व्यावसायिक फुटबल नभइरहँदा खेलाडीका लागि एन्फाको भत्ता केही राहत भए पनि यसले नै खेलाडीको घर धान्न भने सहज नभएको उनीहरू बताउँछन् ।

यद्यपि महिला खेलाडीहरू भने पुरुष बराबर पारिश्रमीक पाउँदा खुसी छन् । महिला खेलाडीको तलब ११ हजार बृद्धी हुँदा पुरुष खेलाडीको भने मात्रै ३ हजार बढेको छ ।

जसमा लागि एन्फा पदाधिकारीहरूले धेरै अगाडिदेखि बढाउन दबाब दिँदै आएका थिए । फिफा र एएफसीको अनुदानबाट चलिरहेको एन्फाका लागि भने अहिलेको तलब बृद्धिलाई निरन्तरता दिन सक्नु चुनौती बन्न सक्ने अनुमान हुन थालेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारी लम्बीएसँगै फिफा र एएफसीले हरेक राष्ट्रलाई दिने अनुदानमा कटौति गर्ने तयारी गरेको छ । तर, यहिँ बेला एन्फाले खेलाडीको तलब बढाउँदै सहानुभूति पाएको छ । तर, पनि समानता देखाएको छ ।

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथु भन्छन्, ‘महिला टोलीको तलब बढाएर राम्रो गरेको छ । जता त्यतै लैङ्गीक असमानताका कुराहरु आउथे । तर, एन्फाले सकेको प्रयास गर्दे बरारबी पारिश्रमीक बनाएको छ। त्यसमा खुसी छु ।’

खेलाडीको तलब भने गणेश थापा एन्फा अध्यक्ष हुँदा १५ हजार पुगेको थियो । त्यसपछि अहिले बढेको हो ।

‘समान पारिश्रमीक दिने निर्णय राम्रो हो । यसले राम्रो सन्देश दिएको छ । तर, अब एएफसी कङ्ग्रेसले हरेक राष्ट्रलाई दिने अनुदान कटौती गर्दैछ । यस्तोमा खेलाडीको तलबले निरन्तरता पाउनु पर्छ,’ फुटबल विश्लेषक सञ्जीव मिश्रले भने, ‘एन्फाको आफ्नो आम्दानीका स्रोत देखाउन सकेको छैन । फिफा र एएफसीबाट चलिरहेको छ । तर, अब विस्तारै आफ्नै आम्दानीका आधार तय गर्नसक्नु पर्छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ११ : २० बजे

धनकुटामा फूलपाती बढाइँ

धनकुटा– प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्‍तमीका दिनमा मनाइने

तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याइयो

दमौली– बडादसैँको सातौँ दिन आज तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका

राजमार्ग अवरोध : खसीबोकाको किनबेच यथावत

काठमाडौं– लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको मुग्लिन क्षेत्र र बीपी राजगमार्गसहित

गाजा शान्ति योजनामा प्रधानमन्त्री नेतान्याहूलाई दबाब दिने राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री

कोसी सडक एक महिनादेखि अवरुद्ध

खाँदबारी– उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथांका सडकखण्ड भदौ १५ गतेको