खेलाडीको पारिश्रमिक समान बनाउने एन्फाको निर्णय स्वागतयोग्य « Khabarhub

खेलाडीको पारिश्रमिक समान बनाउने एन्फाको निर्णय स्वागतयोग्य


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व फुटबलमा ‘इक्वेल पे’ समान पारिश्रमिकका कुरा चर्को स्वरमा आइरहेका छन् ।

नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले समान भत्ता दिने निर्णय गरेको छ । नेपाली महिला टोली र पुरुष टोलीको यसअघि असमान अवस्थामा थियो ।

पुरुष खेलाडीले १५ हजार मासिक भत्ता पाउँदा महिला खेलाडीले मात्रै ७ हजार रुपैयाँ मासिक भत्ता पाउँथे । तर, अब बराबरी भएको छ ।

महिला र पुरुष टोलीका सदस्यहरुले समान १८–१८ हजार पाउँनेछन् । एन्फाले गरेको यो निर्णय उदाहरणीय बनेको छ ।

विश्व शक्ति राष्ट्र अमेरिकामा महिला खेलाडीहरुले समान पारिश्रमीकका लागि अदालत धाइरहेका छन् । तर, पनि उनीहरुको उक्त माग पुरा हुन सकेको छैन ।

एन्फाले नेपालका महिला र पुरुष टोलीको पारिश्रमीक बराबरी गर्दै अन्य राष्ट्रका लागि राम्रो सन्देश दिन खोजेको छ । लैङ्गीक असमानतालाई कम गर्ने उदेश्यसहित एन्फाले यस्तो निर्णय गरेको हो ।

तलब समान बनाउँदै एन्फाले राम्रो सन्देश दिए पनि यो तलबले खेलाडीको दैनिक धान्न भने निकै कठिन रहेको बताउँछन् । व्यावसायिक फुटबल नभइरहँदा खेलाडीका लागि एन्फाको भत्ता केही राहत भए पनि यसले नै खेलाडीको घर धान्न भने सहज नभएको उनीहरू बताउँछन् ।

यद्यपि महिला खेलाडीहरू भने पुरुष बराबर पारिश्रमीक पाउँदा खुसी छन् । महिला खेलाडीको तलब ११ हजार बृद्धी हुँदा पुरुष खेलाडीको भने मात्रै ३ हजार बढेको छ ।

जसमा लागि एन्फा पदाधिकारीहरूले धेरै अगाडिदेखि बढाउन दबाब दिँदै आएका थिए । फिफा र एएफसीको अनुदानबाट चलिरहेको एन्फाका लागि भने अहिलेको तलब बृद्धिलाई निरन्तरता दिन सक्नु चुनौती बन्न सक्ने अनुमान हुन थालेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारी लम्बीएसँगै फिफा र एएफसीले हरेक राष्ट्रलाई दिने अनुदानमा कटौति गर्ने तयारी गरेको छ । तर, यहिँ बेला एन्फाले खेलाडीको तलब बढाउँदै सहानुभूति पाएको छ । तर, पनि समानता देखाएको छ ।

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथु भन्छन्, ‘महिला टोलीको तलब बढाएर राम्रो गरेको छ । जता त्यतै लैङ्गीक असमानताका कुराहरु आउथे । तर, एन्फाले सकेको प्रयास गर्दे बरारबी पारिश्रमीक बनाएको छ। त्यसमा खुसी छु ।’

खेलाडीको तलब भने गणेश थापा एन्फा अध्यक्ष हुँदा १५ हजार पुगेको थियो । त्यसपछि अहिले बढेको हो ।

‘समान पारिश्रमीक दिने निर्णय राम्रो हो । यसले राम्रो सन्देश दिएको छ । तर, अब एएफसी कङ्ग्रेसले हरेक राष्ट्रलाई दिने अनुदान कटौती गर्दैछ । यस्तोमा खेलाडीको तलबले निरन्तरता पाउनु पर्छ,’ फुटबल विश्लेषक सञ्जीव मिश्रले भने, ‘एन्फाको आफ्नो आम्दानीका स्रोत देखाउन सकेको छैन । फिफा र एएफसीबाट चलिरहेको छ । तर, अब विस्तारै आफ्नै आम्दानीका आधार तय गर्नसक्नु पर्छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ११ : २० बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको