कोरोना कहरकाबीच जुर्मुराउँदै पर्यटन (फोटो फिचर) « Khabarhub

कोरोना कहरकाबीच जुर्मुराउँदै पर्यटन (फोटो फिचर)


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अस्तव्यवस्त भएको पर्यटन क्षेत्र विस्तारै जुर्मुराउन थालेको छ ।

पर्यटन व्यवसायी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गृहकार्यमा जुटेका छन् । कोरोनाको कहरसँग जुद्धै पर्यटन व्यवसायीले उच्च स्वास्थ्य सुरक्षाका साथ व्यवसाय सञ्चालन पनि गर्न थालेका छन् ।

यहाँ हामीले केही पर्यटकीय गतिविधि झल्कने तस्वीर प्रस्तुत गरेका छौँ

बागलुङ नगरपालिका–८ सिगानास्थित रानीभूमे सामुदायिक घरवाससँगै देखिएको हिमालको दृश्य ।
तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटमा सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि बास बस्न पर्यटकले बनाएको टेन्ट ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीबाट देखिएको कुहिरो र हिमाल । छिम्केश्वरी जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीबाट देखिएको कुहिरो र हिमाल ।
पाँचथरको फालेलुङ गाउँपालिका– ५ र ६ को सीमामा रहेको मुवा झरनामा रमाउँदै आन्तरिक पर्यटक । पछिल्लो समय चर्चामा आएको यस झरनामा आन्तरिक पर्यटकको चाप बढदै गएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको नारच्याङ पञ्चकुण्ड तालको बरफ जमेको पानीमाथि बसेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । उनीहरुले तस्बिर मनोरञ्जनका लागि खिचाएका हुन ।

तस्वीर : रासस

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : ०१ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने