जो बाइडेन र कमला ह्यारिस टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’ मा छनोट « Khabarhub

जो बाइडेन र कमला ह्यारिस टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’ मा छनोट


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई ‘टाइम म्यागजिन’ ले सन् २०२० को वर्ष व्यक्तिमा छनोट गरेको छ।

गत ७ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गर्दै एक कार्यकालमात्रै राष्ट्रपति हुने व्यक्तिमा सीमित गरिदिएका थिए भने कमला ह्यारिस पहिलो महिला, पहिलो अश्वेत तथा पहिलो दक्षिण एशियाली मूलको उपराष्ट्रपति बन्न सफल भएकी छन्।

यस्तै, कोरोनाकालमा निकै प्रचलनमा रहेको भिडियो च्याट सेवा ‘जुम’ का प्रमुख कार्यकारी एरिक युआन ‘बिजनेस पर्सन अफ दि इयर’ भएका छन्। गार्जियन अफ दि एयरमा आस्सा ट्राओर, पोर्चे बेनेट बे र डा. एन्थोनी फौसी चयन भएका छन्।

टाइम पत्रिकाले सन् १९२७ देखि वर्षव्यक्ति छनोट गर्न सुरु गरेको थियो। सुरुमा यसलाई ‘म्यान अफ दि इयर’ भनिएकोमा पछि ‘पर्सन अफ दि इयर’ भन्न थालिएको थियो।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ३ : १२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको