प्रदर्शन नगर्न विपक्षीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रह « Khabarhub

प्रदर्शन नगर्न विपक्षीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रह


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरुले लाहोरमा निकाल्ने भनेको जुलुश हालका लागि रोक्न आग्रह गरेका छन् ।

पाकिस्तानमा कोभिड १९ को असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो संख्यामा जुलुश निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै सो जुलुश ननिकाल्न आग्रह गरेका हुन् ।

पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरु लागेका छन् । उनीहरुले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन् ।

यसअअघि देखि नै सरकारले सो नारा जुलुश र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् ।

तर पनि विपक्षीहरुले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीबार यहाँका राजनीतिक दलहरुलाई सार्वजनिक रुपमा यो आग्रह गरेका हुन् । पाकिस्तानका अधिकारीहरुले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका विरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताए ।

अर्का तर्फ यहाँका विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन् । यसैले यहाँको सरकारले हालैका दिनहरुमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरुका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहले जानकारी गराएको बताइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : १५ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स