यशराज फिल्मसको ब्यानरबाट बलिउड डेब्यु गर्दै आमिर खानका छोरा « Khabarhub

यशराज फिल्मसको ब्यानरबाट बलिउड डेब्यु गर्दै आमिर खानका छोरा


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खान अब छिट्टै बलिउडमा डेब्यु गर्न लागेका छन् ।

भारतीय मिडियाहरूमा प्रकाशित समाचार अनुसार जुनैद यशराज फिल्मसको ब्यानरमा बन्ने फिल्मबाट बलिउड डेब्यु गर्दैछन् ।

फिल्ममा ‘अर्जुन रेड्डी’ फेम कलाकार शालिनी पाण्डेको पनि भूमिका रहने जनाइएको छ ।

आजतकले सूत्रको हवाला दिँदै जुनैद र शालिनीलाइ फिल्ममा साइन गरिएको बताएको छ । यशराज फिल्मसले शालिनीलाई एकसाथ तीन फिल्ममा अनुबन्ध गरेको छ ।

खबरका अनुसार यो फिल्मको छायांकन सन् २०२१ मा थालिनेछ । फिल्मलाई सिद्धार्थ मल्होत्राले निर्देशन गर्नेछन् । यसअघि मल्होत्राले रानी मुखर्जीको फिल्म ‘हिच्की’ निर्देशन गरेका थिए ।

यद्यपि यशराज फिल्मसले जुनैद र शालिनीलाई फिल्ममा अनुबन्ध गरेको सम्बन्धमा आधिकारिक जानकारी भने दिएको छैन ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ३ : ३७ बजे

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

इरानसँग सम्भावित युद्धविरामका सर्त अझै अपर्याप्त : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित

विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट– बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर