भाजपा विदेश विभाग प्रमुखको राजनीतिक भेटघाट तीव्र « Khabarhub

भाजपा विदेश विभाग प्रमुखको राजनीतिक भेटघाट तीव्र


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा. विजय चौथाइवाले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरेका छन् ।

शुक्रबार बिहान सिंहदरबारमा भएको सो भेटका क्रममा नेपाल र भारतबीचका थुप्रै आपसी हितका विषयमा छलफल भएको चौथाइवालेले बताएका छन् ।

यसअघि आजै बिहान डा. चौथाइवाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

यो पनि भाजपा विदेश विभाग प्रमुख र नेम्वाङबीच नेपाल-भारत सम्बन्धबारे कुराकानी सत्तारुढ दल नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

यो पनि भाजपा विदेश विभाग प्रमुख र प्रधानमन्त्रीबीच भेटवार्ता भारतबाट एकपछि अर्को भ्रमण भइरहेका बेला भारतको सत्तारुढ दल भाजपाका नेता पनि यहाँका सत्तारुढ नेताको निमन्त्रणामा आएका हुन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ३ : ५५ बजे

‘रङ नम्बर’ विवादले दाजुभाइकै हत्या, आपराधिक पृष्ठभूमिका थिए छुरा हान्ने सञ्जीव

ललितपुर- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी