खेलकुद

फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप २०२३ को छनोट खेल तालिका सार्वजनिक

By खबरहब

December 11, 2020

काठमाडौँ- एसियन फुटबल फेडेरेसन (एएफसी)ले फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको बाँकी खेलको खेल तालिमका सार्वजनिक गरेको छ।

शुक्रबार एएफसीले नेपालको घरेलु मैदानमा हुने खेलको मिति सार्वजनिक गरेको हो।

समूह चरणको दोस्रो चरणका खेलमध्ये ३ खेल बाँकी छन्। नयाँ मिति अनुसार २०२१ को मार्चमा २५ मा चाइनिज ताइपेइसँग खेल्ने छ भने अस्ट्रेलियासँग ३० मार्चमा खेल्नेछ।

नेपालले विश्वकपको छनोटको अन्तिम खेल भने जुन ७ मा जोर्डनसँग खेल्नेछ। यसअघि नेपमलले खेलेका ५ खेलमा१ खेलमा जित हात पारेको थियो भने ४ खेलमा हार व्यहोरेको छ।

विश्वकपका बाँकी खेल नेपालको घरेलु मैदानमा आयोजना हुनेछ। नोबेल कोरोना भाइरसका कारण पटक पटक छनोटका खेल सर्दै आएका थिए।