ओली-देउवा भेट : संवैधानिक नियुक्तिबारे छलफल « Khabarhub

ओली-देउवा भेट : संवैधानिक नियुक्तिबारे छलफल


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको स्रोतले जनाएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकको तयारीका बारेमा उनीहरुबी अनौपचारिक छलफल भएको हो ।

संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री ओली र देउवाबीच रिक्त पदमा हुनसक्ने नियुक्तिका विषयमा  छलफल भएको स्रोतको भनाइ छ।

लामो समयदेखि रिक्त संवैधानिक निकायहरूका अध्यक्ष तथा सदस्यको नियुक्तिका सन्दर्भमा छलफल गर्न आइतबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाइएको छ ।

बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुनेछ । संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ ।

परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । हाल उपसभामुखको स्थान रिक्त छ ।

प्रधानन्यायाधीश एक जना र महालेखापरीक्षक एक जनासहित १२ वटा संवैधानिक आयोगका ६२ पदमा संवैधानिक परिषदको निर्णयमा पदाधिकारीहरूको नियुक्ति हुने व्यवस्था छ । अहिले ४६ स्थान रिक्त छन् ।

जानकारहरूका अनुसार संवैधानिक आयोगहरूमा हुने नियुक्तिमा सत्तापक्ष र प्रतिपक्षबीच भागबण्डा मिल्न नसक्दा समस्या निम्तिदै आएको छ ।

सत्तापक्ष र प्रतिपक्षमात्र होइन, सत्तारुढ नेकपाभित्रै समेत भागबण्डा मिलेको छैन ।

नेकपाको आन्तरिक विवाद साम्य हुनुको साटो झन् झन् चर्किरहेका कारण संवैधानिक आयोगको नियुक्ति झन् अन्योलमा परेको बताइरहँदा ओलीले बैठका डाकेका हुन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : ०७ बजे

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा

स्याङ्जाको चुनावी प्रतिस्पर्धामा को अगाडि ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लक्षित प्रचार–प्रसार

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी

काठमाडौं- करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक

टिचिङमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवालाबीच छलफल 

काठमाडौं– स्वास्थ्य बीमा सेवा बन्द गरेका अस्पतालहरूमा पुनः सुचारु गर्ने

राष्ट्रियसभा सदस्य निर्वाचन : ९५ प्रतिशतभन्दा बढी मतदान

काठमाडौं– राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण