टिचिङमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवालाबीच छलफल  « Khabarhub

टिचिङमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवालाबीच छलफल 


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा सेवा बन्द गरेका अस्पतालहरूमा पुनः सुचारु गर्ने विषयमा सरोकारवाला निकायहरूबीच छलफल भएको छ । 

छलफलमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.सुभासप्रसाद आचार्य तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेल सहभागी थिए ।

स्वास्थ्य बीमासम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा आवश्यक सुधार, वैज्ञानिक तथा पारदर्शी दाबी मूल्याङ्कन प्रणालीलाई थप सुदृढ बनाउने र स्वास्थ्य बीमा बोर्ड तथा अस्पतालबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।

छलफलमा उठेका विषयमा विज्ञहरूसँग थप परामर्श गरी यथाशीघ्र स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ । 

साथै, नीतिगत सुधार, दाबी मूल्याङ्कन प्रणालीको सुदृढीकरण तथा आपसी सहकार्यलाई मजबुत बनाउने विषयमा सहमति भएको बोर्डले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालले लामो समयदेखि उपचार सेवावापतको रकम सोधभर्ना हुन नसकेको भन्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ३४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा