१ लाख ३६ हजार श्रमिक सामाजिक सुरक्षामा सहभागी « Khabarhub

१ लाख ३६ हजार श्रमिक सामाजिक सुरक्षामा सहभागी


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म एक लाख ३६ हजार श्रमिक सहभागी भएका छन् ।

सामाजिक सुरक्षा कोषका अनुसार सबैभन्दा बढी प्रदेश नं ३ बाट ९८ हजार १९७ श्रमिक योजनामा सहभागी भएका हुन् ।

प्रदेश नं १ बाट २१ हजार ३२१, प्रदेश नं २ बाट सात हजार ८३२, गण्डकी प्रदेशबाट पाँच हजार १४४, प्रदेश नं ५ बाट तीन हजार २९०, सुदूरपश्चिमबाट ४६१ र कर्णाली प्रदेशबाट १६९ श्रमिक कोषमा सूचीकृत भएका छन् ।

यस्तै शुक्रबारसम्म १२ हजार ११ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । सबैभन्दा बढी प्रदेश नं ३ बाट ८ हजार १९, प्रदेश नं १ बाट एक हजार ८६०, प्रदेश नं ५ बाट ८५९, गण्डकी प्रदेशबाट ५५३, प्रदेश नं २ बाट ४७२, सुदूरपश्चिमबाट १२८ र कर्णाली प्रदेशबाट १२० रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

सूचीकरण प्रक्रियामा ७४ जिल्ला समेटिएका छन् । कोषमा रु ४१ करोड ९४ लाख १६ हजार योगदान रकम सङ्कलन भएको छ । योजनाबाट तीन योगदानकर्ताका परिवारले सुविधा प्राप्त गर्न थालेका छन् ।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ५ : ४८ बजे

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८